कला

‘सक्किगोनि’ सिरियल तत्काल नआउने

काठमाडौं। टिभी सिरियल ‘सक्किगोनि’ केही समयका लागि स्थगित भएको छ। निर्देशक तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक संजालबाट तेस्रो सिजन समाप्त भएको उल्लेख गर्दै नयाँ सिजन ल्याउने बताएका हुन् ।

श्रृंखला निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शन भैरहेको छ । फिल्मपछि अब कम्पनीले श्रृंखलाको चौंथो सिजन ल्याउने बताएको हो ।

पाँडे लेख्छन्, ‘तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिँदैछौँ । यसबाट प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ’चौथो’ सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौँ ।’

पाँडेले चौंथो सिजनलाई कस्तो बनाउने भन्ने बारेमा दर्शकको सुझाव पनि मागेका छन् । उनी लेख्छन्, ‘कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठासजस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ? यहाँहरूबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहनेछौँ ।’

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...