राजनीति

त्रिविले भन्यो : अन्तरिम आदेशको छलफल टुङ्गो नलागेसम्म स्ववियु निर्वाचन हुँदैन

काठमाडौँ।  त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको हो । निर्वाचन समितिको विज्ञप्तिमा भनिएको छ, ‘अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले २०८१/१२/०७ मा अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरूको नाममा म्याद तामेल नभएकोले मिति २०८१/१२/१० को दिनलाई तोकिएकोले सो अन्तरिम आदेशको छलफल टुङ्गो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको व्यहोरासम्बन्धित सबैमा अनुरोध गरिन्छ।’

यसअघि उच्च अदालत पाटनले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । नेविसङ्घका नेता विष्णु बडैलाल‍े दायर गरेको रिटमा न्यायाधीश डालकुमार खड्काको एकल इजलासले निर्वाचन रोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा र अर्का नेता विष्णुबहादुर बडैलाले छुट्टाछुट्टै प्यानल खडा गरेपछि विवाद सुरु भएको थियो ।

शेर्पाले दीपक जोशीलाई अध्यक्षको उम्मेदवार बनाएर प्यानल बनाएका छन् भने बडैलाले अनुज कार्कीलाई अघि सारेका छन् ।

सम्बन्धित समाचार

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...