उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट रंगशालाको निरीक्षण
काठमाडौँ। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेर निर्माण कार्य निरीक्षण गरेका छन्।
वैशाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार काम सक्ने विश्वास पनि सो क्रममा उनले व्यक्त गरे।
सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ।
प्यारापिट निर्माणको काम अवलोकन गर्न बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका उपप्रधानमन्त्री सिंहले काम छिटो सक्न ८ घन्टाको दरले तीनै सिफ्टमा काम भइरहेको बताए। ‘क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्नका लागि ८ घन्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ,’ उपप्रधानमन्त्री सिंहले भने।
फ्लड लाइट र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी उद्घाटन गरेर सफलतापूर्वक सम्पन्न गरेका आयोजना पनि नेपालमा छन् भन्ने सन्देश दिनुपर्ने उनको भनाइ छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला
काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...




