बुधबार, भदौ ११, २०८२
English
Follow us:

ट्रम्पले शिक्षा विभाग प्रमुख खारेज गर्दै

ट्रम्पले शिक्षा विभाग प्रमुख खारेज गर्दै

  • खबर सेवा

  • शुक्रबार, चैत्र ७, २०८१

  • 132
    SHARES
ट्रम्पले शिक्षा विभाग प्रमुख खारेज गर्दै
शपथ समारोहमा मन्तब्य राख्दै ट्रम्प। तस्बिर : एपी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। चुनावमा गरेको प्रतिबद्धताअनुसार उनले बिहीबार यो आदेशमा हस्ताक्षर गरेका हुन्।

कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले शिक्षा विभागले अमेरिकालाई कुनै पनि फाइदा गरेको भन्दै जतिसक्दो छिटो बन्द गर्ने बताए। लामो समयदेखि यो विभाग खारेज गर्न माग गर्दै आएका थिए । तर विभागलाई पूरै बन्द गर्न भने ट्रम्पलाई सजिलो छैन।

उनको कार्यकारी आदेश कार्यान्वयनमा जानका लागि अमेरिकी संसदले स्वीकृति दिनुपर्छ। ट्रम्पको यो कदमको पहिले नै कानूनी चुनौतीको सामना गर्नु परिरहेको छ जसले विभाग बन्द हुने र गत हप्तामा घोषणा गरिएको कर्मचारीहरूको भारी कटौतीलाई रोक्ने प्रयास गरिरहेका छन्।

ट्रम्पले अरु देशको तुलनामा अमेरिकाले शिक्षामा धेरै खर्च गरिरहेको तर उपलब्धि कम भएको बताउने गरेका छन्।अमेरिकी शिक्षा विभागले क्याम्पस तथा विश्वविद्यालयका विद्यार्थीका लागि ऋणको व्यवस्थापन गर्ने र शारीरिक रुपमा अशक्त विद्यार्थी सहयोग दिने गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology