खेलकुद

३६ वर्षपछि सिंगापुरविरुद्ध नेपालको जित

काठमाडौं । जिलेस्पीजंग कार्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्दा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली सिंगापुरविरुद्ध १-० को जित निकालेको छ ।

शुक्रबार सिंगापुर राष्ट्रिय रंगशालामा जिलेस्पीले १२औं मिनेटमा गोल गरेका थिए । नेपालले पहिलो पटक सिंगापुरविरुद्ध जित हात पारेको हो ।

नेपाल र सिंगापुर सन् १९८९ पछि एक अर्काविरुद्ध मैदान उत्रिएका थिए । विश्वकप छनोट अन्तर्गत १९८९ मा भएको पछिल्लो भेटमा नेपाल ७(० ले पराजित भएको थियो । यसैगरी सन् १९८९ मै विश्वकप अन्तर्गतकै खेलमा पनि नेपाल ३-० ले पराजित भएको थियो ।

त्यसअघि सन् १९८२ को किंग्स कपमा नेपालले सिंगापुरसँग २-० को हार बेहोरेको थियो । नेपालले एएफसी एसिया कप छनोटको तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ ।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...