बुधबार, भदौ ११, २०८२
English
Follow us:

नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा ४४ को मृत्यु

नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा ४४ को मृत्यु

  • खबर सेवा

  • शनिबार, चैत्र ८, २०८१

  • 109
    SHARES
नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा ४४ को मृत्यु

नाइजरिया। नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा परी ४४ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीनदिने शोकको घोषणा गरेको छ ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजनमार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटास्थित मस्जिदमा गरिएको ‘बर्बर’ आक्रमणमा उनीहरूको मृत्यु भएको र १३ जना घाइते भएका जनाएको छ । मन्त्रालयका अनुसार, मस्जिदमा प्रार्थनाका बेला दिउँसोको समयमा आक्रमण गरिएको थियो ।

आतंककारीले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरमा समेत आगो लगाएका मन्त्रालयले जनाएको छ । सरकारले अपराधीको खोजी गरी कारबाही गर्ने प्रतिबद्धता जनाएकोे छ ।

मन्त्रालयका अनुसार, इस्लामिक स्टेट र अल–कायदासँग सम्बद्ध समूहहरू वर्षौंदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानानजिकको क्षेत्रमा आक्रमण गरिएको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology