सोमवार, भदौ २, २०८२
English
Follow us:

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

  • खबर सेवा

  • आइतवार, चैत्र ९, २०८१

  • 93
    SHARES
नेप्से परिसूचक घट्यो

काठमाडौं। नेप्से परिसूचक आइतबार (चैत १०) ५४.६२ अंकले घटेको छ। नेप्से परिसूचक २६१४.६८ विन्दुमा बन्द भएको हो।

यस दिन १३ कम्पनीको सेयर मूल्य बढेको छ। २३० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.३४ प्रतिशतले घटेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८।७२ प्रतिशतले बढेको छ।

६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। गएको बिहीबारको तुलनामा कारोबार रकम बढेको छ। बिहीबार चार अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology