मनीषा कोइरालाले भनिन् : फेरि फिल्ममा काम गर्ने इच्छा छ
काठमाडौँ। अभिनेत्री मनीषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्। अभिनेत्री कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन्। उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन्। बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गरिन्।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ० को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताएकी छन्। उनले भने, ‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ। पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु।’
त्यसो त उनले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन्। विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ। उनले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गरिन्।
‘मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन्। म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ कीर्तिमान बनाइरहेको छ। यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो’, अभिनेत्री कोइरालाले भनिन्।
कोइरालाद्वारा अभिनीत पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्यो। भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो। अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गरेका थिए।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




