भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं, गगन थापा समूह हाबी
काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएको थियो। शुक्रबार नै मतदान भए पनि मतगणना ढिलाइ भएको थियो।
सभापति शेरबहादुर देउवाको निर्देशनपछि सोमबार मतगणना गरिएको थियो। चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए। अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेकी छन्। विकास थापा नेता शेखर कोइरालानिकट हुन् भने कल्पना खड्का प्रवक्ता प्रकाशशरण महतनिकट हुन्।
अध्यक्षमा निर्वाचित भएका चम्लागाईं महामन्त्री गगन थापानिकट हुन्। चम्लागाईंलाई सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूको पनि साथ थियो। महाधिवेशनमा ४७० मत खसेको थियो। उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समूहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भइन्। उनले ३३९ मत प्राप्त गरेकी हुन्। यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




