तीन दलका शीर्ष नेताको बैठक सुरु
काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ। सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने तयारी स्वरूप बसेको बैठकमा अरु नेतालाई पनि राखिएको छ।
एमाले नेतासमेत रहेका प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल, कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रबाट शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी छन्।
बैठकमा संक्रमणकालीन न्याय टुंग्याउनका लागि छलफल अघि बढाउने तयारी छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक गत भदौमै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि आयोगमा पदाधिकारी चयन हुन सकेको छैन ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयनका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समिति काम पूरा नगरी विघटन भएकाले नयाँ समिति बनाउनुपर्ने छ। त्यो समितिले आयोगका पदाधिकारी सिफारिस गरेपछि त्यसलाई सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाउँछ।
आयोग बनिसकेपछि आयोगले विभिन्न समिति, उपसमितिको संयन्त्र बनाउने कानुनी व्यवस्था छ। मिश्र नेतृत्वको सिफारिस समितिलाई ६० दिनको समयसीमा दिइएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




