अर्थ

घट्यो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...