आईपीएलमा पन्जाबसँग गुजरातको हार
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा पन्जाबले ११ रनको जित निकालेको हो । सुरुवाति ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको गुजरात ५ विकेटको क्षतिमा २३२ रनमा समेटिएपछि पन्जाब विजयी भएको हो ।
पन्जाबका लागि श्रेयस ऐय्यरले अविजित ९७ रनको पारी खेले । त्यस्तै प्रियान्स आर्याले ४७ र अजमतुल्ला उमरजाईले १६ रन जोडे । सशांक सिंह भने ४४ रनमा अविजित रहे । गुजरातका लागि साई किशोरले ३ विकेट लिए भने कागिसो रबाडा र राशिद खानले १र१ विकेट लिए ।
जवाफी ब्याटिङमा गुजरातका लागि साई सुदर्शनले ७४ रन बनाउँदा शुभमन गिलले ३३ रन जोडे । त्यस्तै जोस बट्लरले ५४ रन बनाए भने शेरपन रदरफोर्डले ४६ रनको पारी खेले । बलिङतर्फ पन्जाबका अर्सदिप सिंहले २ विकेट लिँदा मार्को यान्सन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए ।
आईपीएलमा आज राति पौने ८ बजे राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




