कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको थियो। हिजो थोरै बढेको अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारको मूल्य आज घटेको हो। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। आज युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा छ। हिजो युरो १ को खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा थियो।
त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३७ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५६ र बिक्रीदर ८६ रुपैयाँ ९४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ र बिक्रीदर ८६ रुपैयाँ ९१ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ६८ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ थियो। आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७६ पैसा थियो।
ताजा अपडेट
-
१.
सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै
-
२.
उपसभामुखको निर्वाचन पर्सि
-
३.
‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’
-
४.
सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ
-
५.
कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी
ट्रेन्डिङ
सम्बन्धित समाचार
सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै
काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ...
सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग चलाउनु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण...
कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी
काठमाडौँ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा...
सुनचाँदीकोे मूल्य वृद्धि
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा...




