उल्लेखीय बढ्यो नेप्से
काठमाडौँ। साताको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो। यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो।
आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज सबै समूहको उपसूचक हरियो देखिएको छ। व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ९०, विकास बैंक एक दशमलव १०, वित्त एक दशमलव ३०, होटल तथा पर्यटन शून्य दशमलव ४४, जलविद्युत् एक दशमलव शून्य नौ र लगानी समूह दुई दशमलव २० प्रतिशतले बढेको छ।
त्यस्तै जीवन बिमा एक दशमलव ७१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९२, लघुवित्त दुई दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ८५ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ।
आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर मूल्य एक दशमलव ८२ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५१ करोड १८ लाख १७ हजार सात सय १४ बराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता शेयर किनबेच भएको छ।
ताजा अपडेट
-
१.
‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
-
२.
भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ
-
३.
दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा
-
४.
प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती
-
५.
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...
सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो
काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...
घट्यो सुनको भाउ
काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...




