तीस हजार घुस रकमसहित नेपाल प्रहरीका सई पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस रकमसहित नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई)लाई घुससहित पक्राउ गरेको छ ।
रुपन्देहीको हाटी बनगाई दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्का ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई पक्राउ गरेको हो ।
खड्कालाई अख्तियारको टोलीले रुपन्देहीको मायादेवी गाउँपालिका–६ बाट बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रुखको हाँगाले लागेर एक जनाको मृत्यु
काठमाडौँ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुखको हाँगो झरेर...
घट्यो काठमाडौँको तापक्रम
काठमाडौँ। आज (सोमबार) काठमाडौँ उपत्यकामा चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको...
धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो
काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...
कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ
काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई साउदी भिसाको आवेदन दिन सकिने जनाएको छ। त्यसरी दिएको आवेदनपछि सडकमार्गबाट...




