आईपीएलमा लखनउको जित
काठमाडौँ। निकोलस पुरानको विष्फोटक ब्याटिङमा लखनउ सुपर जायन्टले इण्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। बिहीबार राति सम्पन्न खेलमा लखनउले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै आईपीएलमा पहिलो जित हात पारेको हो।
जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो हार भोगेको हैदरावाद भने २ अंकसहित छैटौँ स्थानमा छ।
हैदरावादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६।१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। लखनउको जितमा निकोलस पुरनले सर्वाधिक ७० रनको योगदान दिए।
उनले २६ बलमा ६ चौका र ६ छक्का सहयोगमा ७० रन बनाउँदा प्याट कुमिन्सको बलमा एलबीडब्लु धरापमा परे। उनले १८ बलमा ४ चौका र ५ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। ओपनर मिचेल मार्सले ५२ रन थपे। मार्सले ३१ बलमा ७ चौका र २ छक्का हाने। मार्सले २९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
अब्दुल समाद २२ र डेविड मिलर १३ रनमा अविजित रहे। कप्तान रिसव पन्तले १५ रन थपे। लनखउका प्याट कुमिन्सले २ विकेट लिए। मोहम्मद सामी, आडम जम्पा र हर्ष पटेलले समान एक विकेट झारे।
त्यसअघि हैदरावादस्थित राजिव गान्धी इन्टरनेशनल स्टेडियममा लखनउले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिको १ सय ९० रनको योगफल तयार पारेको थियो।
हैदरावादका लागि ओपनर त्राभिस हेड ४७ रन बनाउँदा प्रिन्स यादवको बलमा बोल्ड आउट भए। अनिकेत वर्माले ३६ र नितिश कुमार रेड्डीले ३२ रन थपे। हेिरच क्लासेनले २६ रन थपे। कप्तान प्याट कुमिन्स १८ रनमा क्याच आउट भए।
हैदरावादविरुद्ध घातक बलिङ गरेका लखनउका लागि सार्दुल ठाकुरले आफ्नो स्पेलमा ३४ रन खर्चेर ४ विकेट झारे।
उनले ओपनर अविशेक शर्मालाई ६ र इसान किसानलाई शुन्य रनमा क्याच आउट गराए। ठाकुरले अभिनव मनोहरलाई २ र मोहम्मद सामीलाई १ रनमा मा क्याच गराए। अविशेक खान, दिग्भेस राठी, रवि विस्नोइ र प्रिन्स यादवले समान एक विकेट आफ्नो नाममा गरे।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




