विपक्षीको अवरोधले स्थगित भो संसद् बैठक
काठमाडौँ। संघीय संसदको दुवै सदनको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको आइतबारको बैठक केहीबेर चलेर स्थगित भएको थियो। त्यसपछि सूचना टाँस गर्दै बैठकको समय सार्दै आइएको थियो।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदको गतिरोध अन्त्य गर्न पटक पटक सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। सभामुख घिमिरे र अध्यक्ष दाहालले आइतबार अपराह्न छलफल पनि गरेका थिए। उक्त छलफलपछि सोमबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक स्थगित गर्ने निर्णय भएको स्रोतको भनाइ छ।
विपक्षी दलहरूले कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा दुवै सदनमा प्रधानमन्त्रीको जबाफ मागेका थिए भने सदन अवरोध गर्दै आएका थिए। आइतबारको प्रतिनिधि सभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




