ज्ञानेन्द्र शाह ठग हुन् : बाबुराम भट्टराई
काठमाडौँ। नेपाल समाजवादी (नयाँ शक्ति)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले ठगी धन्दा गरिरहेको आरोप लगाएका छन्।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा भट्टराईले शाहलाई ठग भनेका हुन्। ‘ुराजतन्त्र त उन्मुलन भइसकेको हो। ज्ञानेन्द्र शाहलाई उदार भएर देशमै रहने व्यवस्था मिलाइएको हो। उनले आफू राजा नै रहेको। श्री ५ महाराजाधिराज नै रहेको सम्बोधन गर्ने गरे यो ठगी धन्दा हो,’ उनले भने, ‘उनलाई ठगी धन्दाबारे बयान लिएर कारबाही गर्नुपर्छ भन्ने सुझाव दिइएको छ।’
तीनकुने घटनामा पनि सम्बन्धित व्यक्तिलाई छानबिन गरी कारबाही गर्न सुझा दिएको उनको भनाइ छ। त्यस्तै उनले गणतन्त्र रक्षाका लागि आफ्नो दलले साथ दिने प्रतिबद्धता जनाएको पनि बताए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




