मङ्लबार, भदौ १०, २०८२
English
Follow us:

ज्ञानेन्द्र शाह ठग हुन् : बाबुराम भट्टराई

ज्ञानेन्द्र शाह ठग हुन् : बाबुराम भट्टराई

  • खबर सेवा

  • आइतवार, चैत्र १६, २०८१

  • 105
    SHARES
ज्ञानेन्द्र शाह ठग हुन् : बाबुराम भट्टराई

काठमाडौँ। नेपाल समाजवादी (नयाँ शक्ति)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले ठगी धन्दा गरिरहेको आरोप लगाएका छन्।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा भट्टराईले शाहलाई ठग भनेका हुन्। ‘ुराजतन्त्र त उन्मुलन भइसकेको हो। ज्ञानेन्द्र शाहलाई उदार भएर देशमै रहने व्यवस्था मिलाइएको हो। उनले आफू राजा नै रहेको। श्री ५ महाराजाधिराज नै रहेको सम्बोधन गर्ने गरे यो ठगी धन्दा हो,’ उनले भने, ‘उनलाई ठगी धन्दाबारे बयान लिएर कारबाही गर्नुपर्छ भन्ने सुझाव दिइएको छ।’

तीनकुने घटनामा पनि सम्बन्धित व्यक्तिलाई छानबिन गरी कारबाही गर्न सुझा दिएको उनको भनाइ छ। त्यस्तै उनले गणतन्त्र रक्षाका लागि आफ्नो दलले साथ दिने प्रतिबद्धता जनाएको पनि बताए।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology