राजनीति

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी

काठमाडौँ। नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति भएको मतदानको राति नै गणना गरिएको थियो । गिरी ३३६ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाए । यसअघि गिरी वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष थिए । सेन्टरको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३९७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप बर्देवाले १११ मत पाएका छन् ।

महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा दीपेन्द्र शर्माले १४५ मत पाएका छन् । केही पदाधिकारी र केही सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।

 

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...