राजनीति

एकीकृत समाजवादीको कार्यालयमा ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन्। नेकपा एमालेबाट फुटेर माधवकुमार नेपालको नेतृत्वको २०७८ भदौमा गठन भएको एकीकृत समाजवादीको कार्यालयमा प्रधानमन्त्री ओली सोमबार पुगेका हुन्। यसअघि ओली एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिएनन्।

सोमबार प्रधानमन्त्री ओली एकीकृत समाजवादी कार्यालय पुग्दा त्यहाँ हालै एमालेले पार्टीबाट निकालेका पूर्वउपाध्यक्ष भीम रावल पनि सँगै देखिएका थिए।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन्। चैत १५ गते राजसंस्था पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शनपछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनीसमेत भएको थियो।

एकीकृत समाजवादीका नेता कमल कोइरालाको निधन भएको र शव पार्टी कार्यालय आलोकनगरमा राखिएकोले श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली पुगेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीको कार्यालय अवलोकनसमेत गरेका छन्।

 

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...