दुर्गा प्रसाईले भने ; म नेपालमै छु, मलामी लिएर आउछु
काठमाडौँ। गत फागुन १५ को हिंस्रक घटनापछि फरार रहेका दुर्गा प्रसाईलाई प्रहरीले खोजी रहेको छ। अराजक गतिविधि देखाएर प्रहरीबाट उम्किएका प्रसाई अहिलेसम्म कहाँ छन् भन्ने अत्तोपत्तो छैन।
उनी दैनिकजसो सामाजिक सन्जालमार्फत सन्देश छाड्ने गरेका छन्। प्रहरीले प्रसाई भारत पुगेको अनुमान गरेको छ। तर आज एक सन्देशमार्फत भने प्रसाईले आफू नेपालमै रहेको बताएका छन्।
उनले राजनीतिक दललाई चेतावनी दिँदै आफूलाई सिंहको संज्ञा दिएका छन्। दुर्गा प्रसाई सचिवालय नामको फेसबुकमार्फत उनले शिकार गर्नुभन्दा पहिला सिंह पनि एक कदम पछि हटेको बताएका छन्। उनले भनेका छन्, ‘सिंह एक कदम पछि हट्छ,अनि पुनस्आक्रमण गर्छ।’
उनले दाबीका साथ भनेका छन्, दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरु को मलामी लिएर आउदैछ,भ्रष्टाचारि हो१ उनले आफूले लुक्ने ठाउँ पाएको तर नेताहरूले लुक्ने ठाउँ समेत नपाउने बताएका छन्।
मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भाबी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउदैनौ, बुझिराख१ जय रास्टबाद।।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




