अर्थ

सुनको मूल्यमा फेरि कीर्तिमान

काठमाडौँ। सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी छ । मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन भाउ प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ तोकेको छ । आजको मूल्य अघिल्लो दिनको तुलनामा १८ सय बढी हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुन आइतबार १ लाख ७६ हजार ८ सय पुग्यो । सोमबार ११ सय बढेर १ लाख ७७ हजार ९ सय पुगेको थियो ।

सुनको भाउ लगातार बढ्नुमा अमेरिकाप्रति अन्य मुलुकहरुको बढ्दो असन्तुष्टि हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को गरी अमेरिका आयात हुने वस्तुमा करका दर थोपर्दै गएपछि विभिन्न मुलुकहरु असन्तुष्ट छन् ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...