बोहोराको शोकमा राप्रपाले ३ दिन आधा झन्डा झुकाउने
काठमाडौँ। राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको शोकमा राप्रपाले ३ दिन पार्टीको झन्डा आधा झुन्डाउने भएको छ। राप्रपाको आज बसेको पदाधिकारीको आकस्मिक बैठकले ३ दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय लिएको छ।
पार्टीले निकालेको शोक मन्तव्यमा बोहोराको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको जनाएको छ। प्रतिनिधिसभा सदस्य समेत रहेका बोहोराका आज दिउँसो काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार वरिष्ठ नेता बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चैत २० गते बुधबार दिउँसो २:०० बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिनेछ।बोहोराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




