शनिबार, चैत्र २२, २०८१ १३ : ४८ : १०
English
Follow us:

कीर्तिमानी मूल्यबाट घट्यो सुन

कीर्तिमानी मूल्यबाट घट्यो सुन

  • खबर सेवा

  • बुधबार, चैत्र १९, २०८१

  • 26
    SHARES
कीर्तिमानी मूल्यबाट घट्यो सुन

काठमाडौँ। मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ। पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँ घटेको हो। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ।

मंगलबार प्रतितोला एक लाख ७९ हजार सात सय रुपैयाँ कायम भएको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology