अर्थ

कृषि विकास बैंकले माग्यो ११८ जना कर्मचारी (सूचनासहित)

काठमाडौँ। कृषि विकास बैंकले नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि एक सय १८ जना कर्मचारी माग गरेको हो।

कृषि विकास बैंकले आठौँ तहको शाखा अधिकृत १ जना, छैटौँ तहको व्यवसाय अधिकृत ४८ जना, छैटौँ तहकै एमआईएस अधिकृत ३ जना, छैटौँ तहकै कानुन अधिकृत १ जना, छैटौँ तहकै कम्प्युटर अधिकृत १ जना, छैटौँ तहकै कर्जा अधिकृत ५ जना र चौथो तहको लेखापाल ५९ जना पदपूर्ति गर्न चाहेको सूचनामा उल्लेख छ।

यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाटै अनलाइन माध्यमबाट फारम भर्न पनि कृषि विकास बैंकले आग्रह गरेको छ।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...