टी २० श्रृंखलाका लागि नेपाली क्रिकेट टिम घोषणा
काठमाडौँ। चारदेशीय टी २० आई शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ। शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले चारदेशीय टी २० आई क्रिकेट शृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो।
पौडेलको कप्तानीमा घोषित टिममा आरिफ शेख, कुशल मल्ल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल परेका छन्। यसैगरी, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, शाहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सनकुमार झा पनि टिममा परेका छन् ।
नेपालको टी २० आई टिममा लोकश, बसिर र शाहबले पनि पुनरागमन गरेका हुन्। नन्दन भने पहिलोपटक राष्ट्रिय टिममा परेका हुन् । चारदेशीय टी २० आई शृंखला चीनको सियान शहरमा अप्रिल ११ देखि १३ सम्म हुँदैछ।
शृंखलामा घरेलु टिम हङकङसहित नेपाल, कतार र कुवेत सहभागी हुँदै छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




