राजनीति

शिक्षकको माग सम्बोधन गर्न संसद्को विशेष अधिवेशन बोलाउनुपर्छ : प्रचण्ड

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरूरी पर्‍यो भने संघीय संसदको विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकहरूका माग पूरा गरिने बताएका छन्। चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन्।

शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्न पनि प्रचण्डले आग्रह गरेका छन्। ‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले आइतबार काठमाडौंमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा भने, ‘कहिले सिठ्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं।’

उनले प्रतिपक्षी दलहरूसँग कुरा गर्न नभ्याएको उल्लेख गर्दै थपे, ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्‍यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौं। म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु।’

सम्बन्धित समाचार

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...

इलाम कारागारभित्रै मतदान

इलाम कारागारभित्रै मतदान

इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...