खेलकुद

अफगानिस्तानसँग एक रनले हार्यो नेपाली टिम

काठमाडौँ। नेपाली यू १९ टोलीलाई अफगानिस्तानको टोलीले एक हार व्यहोराएको छ। तीन खेलको एकदिवसीय युवा सिरिज अफगानिस्तानले अन्तिम खेलअघि नै जित्यो। अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम तीन बल खेल्न बाँकी छदा १६७ रनमा अलआउट भयो।

नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो भने ९ विकेट गइसकेको थियो। जसमा नेपालका ध्रुव सोनारले पहिलो र तेस्रो बलमा चौका प्रहार गरेर नेपाललाई आसा दिलाए। तर चौथो बल नो-बल भए पनि ध्रुव रनआउट हुन पुगे। उनले ३१ बलमा २१ रन जोड्न सके।

त्यसअघि नेपालले पछिल्ला पाँच विकेट सस्तैमा गुमायो। नेपालले छैटौं विकेट ४० ओभर चल्दै गर्दा १३८ रन बनाउँदा गुमाएको थियो। त्यसपछि पछिल्लो दश ओभर नसकिदै नेपालले २९ रन बनाउँदा पाँच विकेट गुमायो।

नेपालका सिब्रिन श्रेष्ठ २ रन, दिलसाद अली ८ रन, रोशन विक ९ रन, सन्तोष यादव ४ रन र अपराजित पौडेल शून्यमा आउट भए। अभिषेक तिवारी २५ बलमा २४ रन बनाएर आउट भएका थिए।

नेपालका लागि ओपनर साहिल पटेलले ६४ रन जोडे। उनले ११९ बलमा ६ चौका प्रहार गरे। निरजकुमार यादव १५ रन र कप्तान नरेन भट्ट १३ रन बनाएर आउट भए। बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले २-२ विकेट लिए।

तीन खेलको अभ्यास सिरिजमा मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले अन्तिम बलमा अलआउट हुँदा १६८ रन जोड्यो। अफगानिस्तानका लागि कप्तान मेहबुब खानले ५८ रन बनाए। उनले ११४ बलमा १ चौका प्रहार गर्न सके। रहुल्लाह अरबले २७ रन जोडे भने अरु ब्याटर सस्तैमा आउट भए।

बलिङमा नेपालका सन्तोष यादवले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २३ रन मात्र दिए। सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले २-२ विकेट लिए। अभिषेक तिवारी र अपराजित पौडेलको नाममा १-१ विकेट रह्यो। विश्वकप छनोटको तयारीका लागि दिल्लीको यू १९ टोलीसँग तीन खेलको सिरिज खेलेपछि नेपालले अफगानिस्तानसँग पनि तीन खेलको सिरिज खेलेको हो। दिल्लीविरूद्ध नेपालले तीनै खेलमा जित निकालेको थियो।

अफगानिस्तानसँगको पहिलो खेलमा भने नेपाल १३० रनको फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले चैत अन्तिम सातादेखि आईसीसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ। प्रतियोगिता चैत ३० देखि सुरु हुँदैछ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्। नेपाल, अफगानिस्तान र यूएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्। यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू १९ विश्वकपमा छनोट हुनेछ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...