सोमवार, साउन १३, २०८२
English
Follow us:

३ महिनापछि पाए काठमाडौँ महानगरका कर्मचारी र जनप्रतिनिधिले पारिश्रमिक

३ महिनापछि पाए काठमाडौँ महानगरका कर्मचारी र जनप्रतिनिधिले पारिश्रमिक

  • खबर सेवा

  • सोमवार, चैत्र २४, २०८१

  • 93
    SHARES
३ महिनापछि पाए काठमाडौँ महानगरका कर्मचारी र जनप्रतिनिधिले पारिश्रमिक

काठमाडौँ। काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले तलब पाएका छन्। महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरूको तीन महिनादेखि तलब सुविधा रोकिएको थियो।

सोमबार महानगरका कर्मचारी र जनप्रततिनिधिहरूले तलब पाएको महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए।

बिहीबार उपमेयर सुनिता डंगोल र जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराएका थिए। मेयर बालेन शाहले गुरागाईंलाई कार्यालयमा प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए। महानगरका कर्मचारीलाई तलब खुवाउन गुरागाईंले शुक्रबार नै चेक काटेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology