आईपीएलमा चेन्नईको हार
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ । मङ्गलबार पञ्जाबमा भएको खेलमा घरेलु टोलीले चेन्नई सुपर किङ्सलाई १८ रनले हराएको हो ।
पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रनमा सीमित भयो । डेभन कनवेले अर्धशतकसहित सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
पञ्जाबका लकी फर्गुसनले २ तथा ग्लेन म्याक्सवेल र यश ठाकुरले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो । ओपनर प्रियान्श आर्याले शानदार शतक बनाए । ३९ बलमै शतक पूरा गरेका उनले बलमा ७ चौका र ९ छक्कासहित ४२ बलमा १०३ रन बनाएका हुन् । शशाङ्क सिंह अर्धशतकसहित ५२ रनमा अविजित रहे ।
मार्को जानसेन १९ बलमा ३४ रनमा नटआउट रहे । चेन्नईका खलील अहमद र रविचन्द्रन आश्विनले २–२ विकेट लिए ।
पञ्जाबले ४ खेलमा तेस्रो जित निकालेको हो । यस जितसँगै ४ खेलमा ६ अङ्क जोडेको पञ्जाब अङ्कतालिकामा चौथो स्थानमा उक्लिएको छ ।
यता ५ खेलमा २ अङ्क मात्र रहेको चेन्नई नवौं स्थानमा छ । चेन्नईको यो पाँचौं खेलमा चौथो हार हो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




