शुक्रबार, बैशाख ५, २०८२
English
Follow us:

आठ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब रेमिटेन्स

आठ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब रेमिटेन्स

  • खबर सेवा

  • बुधबार, चैत्र २६, २०८१

  • 40
    SHARES
आठ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब रेमिटेन्स

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुन) सम्ममा १० खर्ब ५१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्ष २०८०/८१ यही सात महिना (साउनदेखि फागुन)मा भने ९ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

फागुन एक महिनामा मात्रै भने एक खर्ब ५१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यसअघि मासिक रूपमा रेमिटेन्स भित्रिने दर घट्न थालेकोमा पुसबाट फेरि सुधार देखिन थालेको छ।

मंसिरमा एक खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएकोमा पुसमा एक खर्ब २२ अर्ब र माघमा एक खर्ब ३७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। पछिल्लो २५ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology