खेलकुद

लगातार हार व्यहोरिरहेको चेन्नईको कप्तानमा धोनी

काठमाडौँ। चेन्नई सुपर किंग्सको कप्तानमा फेरि महेन्द्रसिंह धोनी फर्किएका छन्। रुतुराज गायकवाड चोटका कारण आईपीएलबाट बाहिरिएपछि चेन्नईको कप्तानी अब धोनीले गर्ने भएका हुन् ।

एएनआई र पीटीआईका अनुसार गायकवाड कुहिना भाँचिएका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । चेन्नईका बाँकी खेलहरूमा एमएस धोनीले कप्तानी सम्हाल्ने छन् । चेन्नई सुपर किंग्सका प्रशिक्षक स्टीफन फ्लेमिङले बिहीबार यसको पुष्टि गरेका छन् ।

अहिलेसम्म चेन्नईले पाँच खेलमध्ये एउटा मात्र खेल जित्न सकेको छ। दश टोलीको सूचीमा चेन्नई नवौँ स्थानमा छ । शुक्रबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...