राजनीति

तीनकुने घटनाको सोधपुछका लागि संसदीय समितिमा पूर्वराजालाई बोलाउने

काठमाडौँ। नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर छलफल गर्नुपर्ने बताएका छन्।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको बैठकमा उनले पूर्वराजा शाहलाई समितिमा बोलाएर उक्त घटना उनले घटाएको हो कि होइन सोध्नुपर्ने बताए।

‘१५ गतेको घटना उहाँसँग सम्बन्धित छ कि छैन? यो समितिमा बोलाऊँ पूर्वराजा ज्ञानेन्द्रलाई यो मानवअधिकार उल्लङ्घनको घटना हो कि होइन? एउटा नागरिकको हिसाबले तपाईँ यो घटना गर्न पाउनुहुन्छ? के हो यो कुरा? यसका विषयमा पनि छलफल गर्न आवश्यक छ,’ उनले भने।

कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छुट नभएको र पूर्वराजा ज्ञानेन्द्र यतिबेला सामान्य नागरिक मात्रै भएको उनको भनाइ थियो।

सम्बन्धित समाचार

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...