खेलकुद

आईपीएल : हैदराबादसँग ८ विकेटले हार्‍यो पन्जाब

काठमाडौँ। आईपीएलअन्तर्गत शनिबार राति भएको खेलमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ। पहिले ब्याटिङ गरेको पन्जाबले २४५ रन बनायो भने जवाफमा हैदराबादले १८.३ ओभरमा जितको लक्ष्य पूरा र्‍यो।

हैदराबादका अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे। अभिषेक शर्माले ५५ बलमा १४१ रनको तुफानी इनिङ खेले। उनलाई अर्शदीप सिंहले आउट गरे। शर्माले आफ्नो इनिङमा १४ चौका र १० छक्का प्रहार गरे।

यसअघि श्रेयस अय्यरको अर्धशतक र मार्कस स्टोइनिसको ब्याटिङको आधारमा पन्जाब किंग्सले सनराइजर्स हैदराबादअगाडि २४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबको टोलीले २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनाएको थियो।

यो उसको आईपीएलमा दोस्रो उच्च योगफल हो। हैदराबादका लागि हर्षल पटेलले चार विकेट लिए भने इशान मालिंगाले दुई विकेट लिए।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...