घट्यो नेप्से
काठमाडौँ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ८.८४ अंकले घटेर २६६१.८६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने बढेको छ। बिहीबार पाँच अर्ब ६३ करोडको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब २८ करोडको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा ६५ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३२२ वटा धितोपत्रको एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४४२ रूपैयाँ ४० पैसा कायम भएको छ। यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९।९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३६५ रूपैयाँ ९० पैसा पुगेको छ। आइतबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य तीन हजार १२६ रूपैयाँ ७० पैसामा झरेको छ।
यस्तै, सिन्धु विकास बैंकको मूल्य ९।९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८० रूपैयाँ ८० पैसा कायम भएको छ। आइतबार सिइडिबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता दुई हजार ५५७ रूपैयाँमा ४५ करोड ३२ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९० प्रतिशत बढेको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




