समाचार

वीरगञ्ज विवाद साम्य, पाँचबुँदे सहमति

काठमाडौँ। वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा चैत ३० गते उत्पन्न भएको विवाद साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँचबुँदे सहमति गरेको छ।

दिनभर चलेको छलफलपछि प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूबीच सहमति जुटेको हो। जसले वीरगञ्जमा शान्ति स्थापना हुने आशा जगाएको छ। बैठकले मुख्य रूपमा पाँचवटा विषयमा सहमति गरेको छ।

हनुमान जयन्तीको शोभायात्रामा भएको घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानूनी प्रक्रियानुसार आवश्यक कारबाही गर्ने, सद्भाव र सहिष्णुता कायमः बैठकमा सहभागी सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै घटनाको अनुसन्धान तथा कानूनी प्रक्रियामा पूर्ण सहयोग पुर्‍याउने सहमति पनि भएको छ। घाइतेको उपचार र क्षतिपूर्ति, घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गरिने भएको छ।

यसका साथै घटनाबाट भएको भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले आवश्यक पहल गर्ने निर्णय गरेको छ। धार्मिक, सांस्कृतिक र जातीय कुनै पनि कार्यक्रममा हतियार प्रदर्शन निषेध गरिएको छ। यदि यस्तो कार्य गरेको पाइएमा दोषीलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

पर्सा जिल्लामा सञ्चालित सम्पूर्ण धार्मिक संस्था र तिनीहरूले चलाएका विद्यालय, मदरसा लगायतका संस्थाहरूको सूक्ष्म अनुगमन गरिने भएको छ। यदि कुनै अनियमितता भेटिएमा आवश्यक कारबाही अगाडि बढाइनेछ।

यस सर्वपक्षीय सहमतिलाई स्थानीयवासी र सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। उनीहरूले वीरगञ्जमा शान्ति र सद्भावको वातावरण निर्माण गर्न आ(आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

फरार कैदी नियन्त्रणमा

फरार कैदी नियन्त्रणमा

सप्तरी। सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३(२४ गते...

कस्तो रहला आजको मौसम

कस्तो रहला आजको मौसम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा...

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

झापा। झापा क्षेत्र नम्बर ५ स्थित गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई उनकै घरमा कुटपिट गरिएको छ । सार्वजनिक भएको...

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो छ भने...