टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
काठमाडौँ। काभ्रेमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको छ। मंगलबार भित्री सडकखण्डमा रबिओपीबाट पाँचखालतर्फ आउँदै गरेको बा प्र ०१–००४ क १८४५ नम्बर टिपरको ठक्करबाट पाँचखाल नगरपालिका–३, चापेपिपलबोटकी आरिका परियारको ज्यान गएको हो।
काभ्रे प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएकी आरिकाको उपचारका लागि धुलिखेल अस्पताल लगिएकामा मंगलबार अपराह्न ४:४० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।
टिपर चालक सूर्यबहादुर तामाङ र टिपरलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
सम्बन्धित समाचार
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...
कस्तो छ मौसम?
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाले कोशी, बागमती,...
रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना
रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...




