
काठमाडौँ। काभ्रेमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको छ। मंगलबार भित्री सडकखण्डमा रबिओपीबाट पाँचखालतर्फ आउँदै गरेको बा प्र ०१–००४ क १८४५ नम्बर टिपरको ठक्करबाट पाँचखाल नगरपालिका–३, चापेपिपलबोटकी आरिका परियारको ज्यान गएको हो।
काभ्रे प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएकी आरिकाको उपचारका लागि धुलिखेल अस्पताल लगिएकामा मंगलबार अपराह्न ४:४० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।
टिपर चालक सूर्यबहादुर तामाङ र टिपरलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।