कला

नीति शाहले गरिन् विवाह

काठमाडौंँ । अभिनेत्री नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।

न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको अदालत स्रोतले जानकारी दियो। उनीहरुको विवाह दर्ता प्रमाण पत्र भने प्रक्रियामा रहेकोले लिन बाँकी छ ।

नीति र यचितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यु गरेकी हुन्। यो फिल्म व्यावसायिक असफल भएको थियो भने गत दसैँमा उनी अभिनित दोस्रो फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो ।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...