डलर स्थिर
काठमाडौँ। आज अमेरिकी डलरको भाउ स्थिर हुँदा अरु विदेशी मुद्राको विनिमय दर सामान्य घटबढ भएको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । हिजो शुक्रबार पनि अमेरिकी डलरको यही भाउ निर्धारण थियो ।
आज युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७१ पैसा कायम भएको छ । शुक्रबार युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा निर्धारण भएको थियो ।
यसैगरी आज युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ३१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १७ पैसा र बिक्रीदर १४ रूपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७६ पैसा र बिक्रीदर २० रूपैयाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५६ पैसा र बिक्रीदर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५९ पैसा रहेको छ ।
यस्तै, केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




