राजनीति

शिक्षकहरूलाई झाँक्रीको अनुरोध : आन्दोलन छाडेर विद्यालय फर्किनुहोस्

काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षकहरूलाई काठमाडौं केन्द्रित आन्दोलन छाडेर विद्यालय फर्किन आग्रह गरेकी छिन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत कडा आलोचना गर्दै शिक्षकहरू नै समस्या समाधान गर्ने पक्षमा नरहेको आरोप लगाइन् ।

राज्यको तलब खाएका शिक्षक कर्मचारीले समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभइ फर्कन्नौँ भन्न नमिल्ने उनको भनाइ छ। शिक्षा ऐन जारी गर्न सरकारले प्रतिबद्धता जनाएको र विधेयक समितिमा दफावार छलफलमा रहेको उल्लेख गर्दै उनले ऐन सडकबाट पास हुने हो र ? भन्दै प्रश्न गरेकी छिन् ।

उनले लेखेकी छिन्– ‘यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखेँ । मध्यस्थकर्ता जस्तो भए पनि केही न केही काम गरौँ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्‍यो भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरेँ। तर उहाँहरू त संवाद नै नगर्ने रे । शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्किँदैनौँ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?’ झाँक्रीले विधेयक संशोधनसहित पास हुने भएकाले छलफलले समय लिएको स्पष्ट पार्दै अब समितिबाट विधेयक पास हुने प्रक्रिया रहेको उल्लेख गरिन् ।

यस्तै, उनले विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुने समेत बताइन् । सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरू समेत रमिता हेर्न सडकमा गएको उनको आरोप छ ।

सम्बन्धित समाचार

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...