राजनीति

पक्राउ परे राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ, र ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरू

काठमाडौँ। राप्रपाका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूलाई जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता अपिलराज बोहराले बताए। राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो। राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए।

प्रहरीले उनीहरूलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो। त्यसपछि उनीहरूले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए।

 

 

सम्बन्धित समाचार

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...