शनिबार, बैशाख १३, २०८२
English
Follow us:

आईपीएलमा गुजरातको जित

आईपीएलमा गुजरातको जित

  • खबर सेवा

  • मङ्लबार, बैशाख ९, २०८२

  • 36
    SHARES
आईपीएलमा गुजरातको जित

काठमाडौँ। आईपीएल क्रिकेटमा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ। गएराति कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो।

कोलकाताका ओपनर रहमानुल्लाह गुर्बाज १ रनमा र सुनिल नराइन २७ रनमा आउट भए। लगत्तै भेन्कटेश अयर १४ रनमा पबिलियन फर्किए। कप्तान अजिन्क्य राहणे अर्धशतक बनाएर चौथो विकेटको रूपमा आउट भए। उनले ३६ बल खेल्दै ५ चौका र १ छक्क प्रहार गरे। ४ विकेटको नोक्सानीमा कोलकाताले मात्र ९१ रन बनायो।त्यसपछि अन्य कुनै पनि खेलाडी‌ क्रिजमा टिक्न सकेनन्। आन्द्रे रसलले २१ रन बनाउँदा अङकृश रघुवंशीले अविजित २७ रनमा रहे। बलिङमा प्रसिद्ध कृष्णा र रसिद खानले २र२ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे। यी दुईले १२ ओभर २ बलमा १ सय १४ रनको साझेदारी गर्दै गुजरातलाई राम्रो सुरूवात दिलाए। ३६ बलमा ५२ रन जोडेर साई आउट भए। आन्द्रे रसलले साझेदारी तोड्दै साइलाई आउट गरे।

त्यसपछि जोश बटलरले शुभमनलाई साथ दिए। दोस्रो विकेटको लागि उनीहरुले ५८ रनको साझेदारी गर्दै कोलकाताका बलरहरूलाई दबाब दिए। गिल शतकबाट १० रनले चुके। सानदार पारी खेलेका उनले ५५ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ९० रनको योगदान दिए।

जोस बटलर २३ बल खेल्दै अविजित ४१ रनना क्रिजमा रहे। साहरुख खानले अविजित ११ रन जोडे। कोलकाताका मात्र दुई बलर आन्द्रे रसल र वैभव अरोराले १–१ विकेट लिए। गुजरात दोस्रो स्थानमा रहेको दिल्लीसँगको दुरी २ अंकमा बढाएको छ। दिल्लीले एक खेल कम खेलेको छ। ७ खेल खेलेको दिल्लीसँग १० अंक रहेको छ। कोलकाता भने यो पाँचौं हार हो। आठ खेलबाट उससँग मात्र ६ अंक रहेको छ।

प्रतियोगिता अन्तरगत आज लखनउ सुपरजायन्ट र दिल्ली क्यापिटल्स भिड्नेछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology