राजनीति

विद्या भट्टराईले दिइन् रघुजीलाई बधाई, ओलीप्रति आभार

काठमाडौँ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नवनियुक्त मन्त्री रघुजी पन्तलाई बधाई दिएकी छन् । पार्टी र सरकारबाट निरन्तर असहयोग भएपछि राजीनामा दिएकी भट्टराईले मन्त्री पन्तलाई बधाई दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएकी छन् ।

‘मलाई विश्वास गरेर आफ्नो नेतृत्वमा बनेको सरकारमा सँगै काम गर्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वहाँको नेतृत्वको मन्त्रीपरिषद्प्रति आभारी छु’, उनले अघि लेखेकी छन् , ‘यस अवसरका लागि मलाई छनोट गर्नुभएकोमा सम्पूर्ण पार्टीका नेता र सिङ्गो पार्टी पंक्तिप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।’

उनले आफूले ९ महिना काम गर्दा सहयोग गर्ने मन्त्रालयका सचिवहरू, सहसचिवहरू, विभागीय प्रमुखहरू, निकायका प्रमुखहरु र सम्पूर्ण कर्मचारीका साथै सुरक्षा कर्मीहरुलगायत सहयोगी सबैलाई धन्यवाद दिएकी छन् ।

उनले आफ्नो अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षामा रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...