आईपीएल : आरसीबीको जित, राजस्थानको हार
काठमाडौँ। रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। गएराति नवौं खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै बेंग्लुरू तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। उसले ६ खेल जित्दै १२ अंक जोडेको छ। समान अंकका साथ गुजरात टाइटन्स पहिलो र दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ। उनीहरूले एक खेल कम खेलेका छन्।
एम चिन्नाश्वामी स्टेडियममा गएराति बेंग्लुरूले राजस्थानलाई ११ रनले पराजित गरेको थियो। २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १९४ रनमात्रै बनाउन सक्यो।
राजस्थानका लागि ओपनर यशश्वी जैसवालले १९ बलमा ७ चौका र ३ छक्का हानेर बनाएको ४९ रन सर्वाधिक रह्यो। ध्रुव जुरेलले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाएका थिए। नितिश रानाले २८, कप्तान रियान परागले २२ र वैभव सूर्यवंशीले १६ रनको योगदान गरे।
बलिङमा बेंग्लुरूका जोश हेजलउडले चार विकेट लिए। क्रुनाल पाण्डेले २ तथा भूवनेश्वर कुमार र यश दयालले एकरएक विकेट लिए। पहिले ब्याटिङ गरेको बेंग्लुरूले ५ विकेट गुमाएर २०५ रन बनाएको थियो। त्यस क्रममा विराट कोहली र देवदत पाडिकलले अर्धशतक हाने।
कोहलीले ४२ बलमा ८ चौका र २ छक्का हानेर ७० रन बनाउँदा पाडिकलले २७ बलमा ४ चौका र ३ छक्का हानेर ५० रन बनाएका थिए। ओपनर फिल सल्टले २३ बलमा ४ चौका हानेर २६ रन जोडे। टिम डेविडले २३ र जितेश शर्माले २३ रनको योगदान गरे।
बलिङमा राजस्थानका सन्दीप शर्माले २ तथा जोफ्रा आर्चरले १ र वानिडु हसरंगाले एकरएक विकेट लिए। शुक्रबार चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




