शनिबार, बैशाख १३, २०८२
English
Follow us:

आईपीएल : आरसीबीको जित, राजस्थानको हार

आईपीएल : आरसीबीको जित, राजस्थानको हार

  • खबर सेवा

  • शुक्रबार, बैशाख १२, २०८२

  • 30
    SHARES
आईपीएल : आरसीबीको जित, राजस्थानको हार

काठमाडौँ। रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। गएराति नवौं खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै बेंग्लुरू तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। उसले ६ खेल जित्दै १२ अंक जोडेको छ। समान अंकका साथ गुजरात टाइटन्स पहिलो र दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ। उनीहरूले एक खेल कम खेलेका छन्।

एम चिन्नाश्वामी स्टेडियममा गएराति बेंग्लुरूले राजस्थानलाई ११ रनले पराजित गरेको थियो। २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १९४ रनमात्रै बनाउन सक्यो।

राजस्थानका लागि ओपनर यशश्वी जैसवालले १९ बलमा ७ चौका र ३ छक्का हानेर बनाएको ४९ रन सर्वाधिक रह्यो। ध्रुव जुरेलले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाएका थिए। नितिश रानाले २८, कप्तान रियान परागले २२ र वैभव सूर्यवंशीले १६ रनको योगदान गरे।

बलिङमा बेंग्लुरूका जोश हेजलउडले चार विकेट लिए। क्रुनाल पाण्डेले २ तथा भूवनेश्वर कुमार र यश दयालले एकरएक विकेट लिए। पहिले ब्याटिङ गरेको बेंग्लुरूले ५ विकेट गुमाएर २०५ रन बनाएको थियो। त्यस क्रममा विराट कोहली र देवदत पाडिकलले अर्धशतक हाने।

कोहलीले ४२ बलमा ८ चौका र २ छक्का हानेर ७० रन बनाउँदा पाडिकलले २७ बलमा ४ चौका र ३ छक्का हानेर ५० रन बनाएका थिए। ओपनर फिल सल्टले २३ बलमा ४ चौका हानेर २६ रन जोडे। टिम डेविडले २३ र जितेश शर्माले २३ रनको योगदान गरे।

बलिङमा राजस्थानका सन्दीप शर्माले २ तथा जोफ्रा आर्चरले १ र वानिडु हसरंगाले एकरएक विकेट लिए। शुक्रबार चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology