शनिबार, बैशाख १३, २०८२
English
Follow us:

को बन्ला एनएसएल तेस्रो सिजनको विजेता?

को बन्ला एनएसएल तेस्रो सिजनको विजेता?

  • खबर सेवा

  • शनिबार, बैशाख १३, २०८२

  • 25
    SHARES
को बन्ला एनएसएल तेस्रो सिजनको विजेता?

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि भिडन्त शनिबार हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरु हुनेमा खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पोखरा थण्डर्सको सामना गर्दैछ। ललितपुर उपाधि रक्षाको दबाबमा हुँदा पोखरा भने पहिलोपटक एनएसएलको उपाधि काठमाडौं बाहिर लैजाने प्रयासमा हुनेछ ।

दुवै टोलीले धनगढी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनल खेलअघिको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीले आफूहरु उपाधिका लागि तयार भएको बताएका छन् । ललितपुर अनन्त तामाङ र नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिने छन्। एनएसएलको विजेता टोलीले नगद ८० लाख रुपैयाँ र उपविजेता टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने एनएसएल आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता लगायतका विधामा समेत पुरस्कार वितरण हुने छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology