को बन्ला एनएसएल तेस्रो सिजनको विजेता?
काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि भिडन्त शनिबार हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरु हुनेमा खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पोखरा थण्डर्सको सामना गर्दैछ। ललितपुर उपाधि रक्षाको दबाबमा हुँदा पोखरा भने पहिलोपटक एनएसएलको उपाधि काठमाडौं बाहिर लैजाने प्रयासमा हुनेछ ।
दुवै टोलीले धनगढी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनल खेलअघिको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीले आफूहरु उपाधिका लागि तयार भएको बताएका छन् । ललितपुर अनन्त तामाङ र नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिने छन्। एनएसएलको विजेता टोलीले नगद ८० लाख रुपैयाँ र उपविजेता टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने एनएसएल आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता लगायतका विधामा समेत पुरस्कार वितरण हुने छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




