शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

पूर्वराजालाई कारबाही गरौँ : एमाले

पूर्वराजालाई कारबाही गरौँ : एमाले

  • खबर सेवा

  • आइतवार, बैशाख १४, २०८२

  • 44
    SHARES
पूर्वराजालाई कारबाही गरौँ : एमाले

काठमाडौँ। नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही गर्न माग गरेको छ।

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैरेले नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ भन्ने प्रश्न गरे। उनले कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव डा।पाठक र पूर्वराजा शाहलाई कानुन अनुसार तत्काल कारबाही गर्न माग गरे।

‘संवाद सचिव डा फणीन्द्रराज पाठकका नाममा जारी भएको समवेदना सन्देश संविधान विपरीत आएको छ । नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ,’ गैरेले संसदमा भने, ‘कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । नपाइने भए संवाद सचिव डा पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरियोस् ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology