शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • खबर सेवा

  • आइतवार, बैशाख १४, २०८२

  • 58
    SHARES
सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ। प्रतिनिधिसभा सदस्य माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोप छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology