बढ्यो नेप्से
काठमाडौँ । सेयरबजार परिसूचक नेप्से आज ३.५८ अंकले बढेर २६६१.६० विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ०.१३ प्रतिशतले बढेको बजारमा झण्डै ११ अर्बको कारोबार भएको छ। कुल २ करोड ८४ लाख कित्ता सेयर बिक्रीपछि १० अर्ब ८७ करोडको कारोबार भएको हो।
आइतबार १०४ वटा सेयर हरियो हुँदा १४१ वटा राताम्य छन्। आज सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका सेयरधनीले कमाएका छन्।दुवै कम्पनीको सेयर समान ९.९९ प्रतिशतले बढेको हो। यसबाहेक भूगोल इनर्जी डेभलपमेन्ट, ङादी ग्रुप पावर र सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले पनि क्रमशः ७।६३, ७।५५ र ७।१९ प्रतिशत कमाएका छन्। तर विन नेपाल लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ।
१० प्रतिशतले मूल्य घटेपछि लगानीकर्ताले प्रतिकित्ता नै ३०५।७१ रुपैयाँ गुमाउनुपरेको हो। यसबाहेक नारायणी डेभलपमेन्ट बैंक, अपर सोलु हाइड्रोलगायतको पनि सेयर मूल्य घटेको छ। यस दिन सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावरको भएको छ। कम्पनीको ८६ करोडको किनबेच भएको छ। त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेनटको पनि ५६ करोड ३८ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। त्यस्तै राधी जलविद्युत् आयोजनाको पनि ५६ करोडकै कारोबार भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको...
सुनको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद
भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको...
कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र...




