
काठमाडौँ। बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको जनाएको छ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती प्रदेशका केही स्थानहरूका साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले यस मौसमी प्रणालीले कृषि, दैनिक जनजीवन, सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।