आन्दोलन जारी रहदा नै खुल्न थाले विद्यालय
काठमाडौँ। शिक्षकको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन्। अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन्।
इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो। इलाम नगरपालिका-३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए। ‘विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो’, उनले भने। इलाम-१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए।
देउमाई नगरपालिका- ९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ। इलाम नगरपालिका(५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलाले अभिभावकले विद्यालय खोलाउन आग्रह गरे पनि खुल्न अझै केही दिन लाग्ने बताए। अभिभावकसँग छलफल गरेर निर्णय लिने उनको भनाइ छ। लामो समय विद्यालय बन्द भएपछि इलाम नगरपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै आइतबार विज्ञप्ति निकालेको थियो।
नगरप्रमुख केदार थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समयमा विद्यालयमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीको मनोविज्ञानमासमेत असर परिरहेको साथै अभिभावकहरू समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा वार्तासमेत भइरहेकाले, विद्यार्थी भर्ना र परीक्षालाई कत्ति पनि असर नहुने गरी वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन इलाम नगरपालिकाका वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीमा हार्दिक अपिल गर्दछौँ।’
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताए। ‘विद्यालय भर्नामा असर नहुने गरी सिर्जनात्मक आन्दोलन गर्नुपर्छ। संघीय सरकारले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन मिल्दैन।’
हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका-१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




